Section 61
प्रतिलिपि र जाली मुद्रा
(१) कसैले पनि देहाय बमोजिमको कुनै काम कुरा गर्न, गराउन हुँदैनः–
(क)नेपाल ………….. भित्र चलनचल्तीमा रहेका कानूनी ग्राह्य बैंक नोट तथा सिक्का वा चेक वा भुक्तानी कार्डको जालसाजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नक्कली मुद्रा बनाउन वा सो को प्रतिलिपि बनाउन वा सो सम्बन्धी कुनै कार्य गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पु¥याउन, वा
(ख)बैंक नोट वा सिक्का, चेक वा भुक्तानी कार्ड, नक्कली, झुत्रा, किर्ते वा जालसाजी गरी वा रुप फेरेर बनाएको हो भन्ने थाहा पाई पाई पनि त्यस्ता बैंक नोट वा सिक्का वा चेक वा भुक्तानी कार्ड कसैले आफूसंग राख्न, ओसार पसार गर्न वा जारी गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पु¥याउन, वा
(ग) बैंक नोट वा सिक्का, चेक वा भुक्तानी कार्ड, नक्कली, झुट्ठा, किर्ते वा जालसाजी वा रुप फेरेर बनाउनका लागि प्रयोग हुँदैछ भन्ने जानी जानी कुनै धातुको पाता, ढुंगा, कागज, डाई वा अन्य कुनै बस्तु वा पदार्थ कसैले आफनोे साथमा राख्न, उत्पादन गर्न वा ओसार पसार गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पु¥याउन ।
(२) नेपाली रुपैयाँमा अंकित मूल्यको बैंक नोट, सिक्का, चेक वा भुक्तानी कार्डको प्रतिलिपि उतार गर्दा र कुनै वस्तुको श्रृजना गर्दा त्यस्तो वस्तुको बनावट कुनै किसिमबाट बैंक नोट, सिक्का, चेक वा भुक्तानी कार्डसित मिल्न जाने भएमा सो गर्नु भन्दा पहिले बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) बैंकले जाली नोट वा खोटो सिक्का वा नक्कली चेक वा भुक्तानी कार्डको निष्काशन रोक्ने सम्बन्धमा आवश्यक कदम चाल्न सक्नेछ । यस्तो कदम चाल्दा बैंकले आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्न सक्नेछ ।